पुजारी हत्याको विरोधमा माइतीघरमा जुलुस

पुजारी हत्याको विरोधमा माइतीघरमा जुलुस

रौतहटको चर्चित पुजारी हत्याकाण्डका दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा विरोध प्रदर्श हुने भएको छ । हत्याकाण्डका मुख्य योजनाकार मानिएका एक जना धरौटीमा रिहा भएपछि युवाहरुको समूहले विरोध प्रदर्शन गर्न लागेको हो ।

प्रदर्शनको नेतृत्व गरेको जय महांकाल युवा समूह हत्याकाण्डबारे सरकारको ध्यानाकर्षण गराउन आज दिउँसो ४ बजे विरोध प्रदर्शन गर्न लागेको हो । हनुमान मन्दिरका ६५ वर्षीय पूजारी श्रीराम साहको गोली हानी हत्या भएको र हत्याका आरोपी डेढ घण्टामै धरौटीमा छुटेको भन्दै लगातार विरोध प्रदर्शन भैरहेको छ ।

अघिल्लो वर्ष भदौ ३ गते माधवनारायण नगरपालिका–२, खेसरहिया टोलस्थित हनुमान मन्दिरका पूजारी साहको हत्या भएको थियो । घटनाका मुख्य योजनाकार मानिएका देवाही गोनाही नगरपालिका–१ का वडाध्यक्ष समेत रहेका शेख नरुल्लाहलाई २ लाख रुपैयाँ धरौटीमा छुट्न हालै जिल्ला अदालत गौरले आदेश दिएको थियो । नरुल्लाहलाई जिल्ला अदालतले हाजिर भएकै दिन बयान लिएर पुर्पक्षको लागि २ लाख धरौटी लिएर छाड्न आदेश गरेको हो ।

उनी घटनालगतै फरार रहेका थिए । हत्याकाण्डमा प्रहरीले सात जनालाई प्रतिवादी बनाएकोमा चार जना अझै फरार छन् ।

टिप्पणीहरू