कसले गर्छ यस्तो काम ?

एनसेलको करछली प्रकरण अहिले चर्चाको उत्कर्षमा छ । तर, रमाइलो पक्ष के छ भने अहिले त्यसको स्वामित्व बहुराष्ट्रिय कम्पनी टेलिया सोनेरालाई हस्तान्तरण गर्नुअघि यस्तै किसिमले ११ वटा पटक ‘ट्रान्जेक्सन’ (स्वामित्व अदलबदल) गरिसकिएको छ । टेलिया सोनेरा १२ औँ कम्पनी हो । 

८० प्रतिशत विदेशी र २० प्रतिशत नेपालीको स्वामित्ववाला उक्त कम्पनीमा २० प्रतिशत स्वामित्वका नेपाली हकदार निरजगोविन्द श्रेष्ठलाई स्वामित्व सार्दा ११ पटकमा मात्र एकपटक पुँजीगत लाभकरबापत ३६ करोड तिरिएको थियो । त्यसबाहेक अरू रकम तिरिएको छैन । देखिने टाउको एनसेलको भए पनि यसको व्यवस्थापन फेरिने कथा सुन्यो भने छक्कै पर्ने स्थिति छ । तर, जसरी बजारमा एनसेलले तिर्नुपर्ने कर नतिरेर उम्किन खोजेको भनिँदै छ, त्यस्तो हुने सम्भावना कम रहेको करविज्ञ बताउँछन् । राज्यले चाहँदा आर्थिक वर्षको अन्तिममा अडिट रिपोर्टमै एनसेल समातिन र उसको कारोबार तल–माथि हुन सक्छ ।

गम्भीर विषय हो, यसरी एनसेललाई उन्मुक्ति दिने गरी चाल चल्यो कसले ? त्यस्तै, टेलियाले नेपाललाई तिर्नुपर्ने राजश्वबापतको ३३ अर्बबाट नेपालको महŒवपूर्ण विकास कार्य हुनसक्ने एउटा तथ्य हिजोआज भाइरल बनेको छ । सरकारले चाहने हो भने उक्त रकमबाट २ सय २० मेगावाटको विद्युत् उत्पादन हुन सक्छ । तीन सय ३० किलोमिटर पक्की मोटरबाटो बन्न सक्छ । ६ सय ६० वटा विद्यालय भवन, आठ कलेज, आठ सय ५० झोलुंगे पुल, अस्पतालमा १३ हजार दुई सय शøया र १६ सय ५० वटा पक्की पुल बन्ने अनुमान गरिएको छ । त्यति नै रकम कमाउनका लागि सरदर ८२ हजार पाँच सय नेपाली जनशक्ति बिदेसिएको आँकडा पनि विभिन्न सामाजिक सञ्जाल, अनलाइनमा अहिले भाइरल बनेको छ ।
 

टिप्पणीहरू