गुरुहरुको संगठनले थप आन्दोलन गर्ने

गुरुहरुको संगठनले थप आन्दोलन गर्ने

नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रम तय गर्न आज बैठक बोलाएको छ । साउन २९ गते शुक्रबार बालुवाटार घेराउ गर्ने कार्यक्रमलाई सशक्त बनाउन महासंघले आज साँझ ६ बजे बैठक बोलाएको हो ।

बैठकमा बाग्मती प्रदेशमा आवद्ध संघ संस्थाका, आन्दोलन परिचालन समितिका, शिक्षक महासंघका जिल्ला अध्यक्षलगायत सबै पदाधिकारीहरुलाई बोलाइएको छ ।

संघले उपलब्ध सबै शिक्षक तथा कर्मचारीहरुलाई समेत जुम बैठकमा उपस्थिति जनाउन अनुरोध गरेको छ ।

टिप्पणीहरू