​​आयु बढाउने गोली

एकाएक सरकारको आयु घटेछ । मानिस जस्तै सरकार पनि कुनै चिरञ्जीवी त होइन । तर चिरञ्जीवी नभए पनि मानिसलाई जस्तै सरकारलाई पनि दीर्घजीवी हुने इच्छा भने जाग्दो रहेछ । वर्तमान सरकारलाई पनि त्यस्तै इच्छा जाग्यो । र, आयु बढाउने उपचारतिर लाग्न थाल्यो । 

आयु बढाउने उपचार गराउँदा सरकारको हातमा औषधीको एउटा गोली आएको छ । जसको नाम हो, कमल थापा चूर्ण गोली । खाए पछि आयु बढ्छ । सरकारले अस्ति भर्खर कमल थापा चूर्ण गोली सेवन ग¥यो । यसबाट केही मात्रामा भए पनि आयु बढ्ने विश्वास गरिएको छ । 

तर, सरकारलाई यति आयुले पुगेको छैन । अतः पुनः अर्को गोली खाने तरखर गर्दै छ । अब विजय गच्छदार भष्मादि गोली सेवनको तयारी गर्दै छ । यी दुई गोली खाएपछि सरकारको आयु ह्वात्तै बढ्ने अपेक्षा गरिएको छ । यदि, यतिले पनि पुगेन भने अरू साना साना पाचकका पुडियाहरू खाने त छँदै छ । होइन त ? 

टिप्पणीहरू