२४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु

२४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु

नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त संख्यामा संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।

त्यस्तै, सोही अवधिमा ३ हजार २१८ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार ८ हजार ८६६ पीसीआर तथा ४ हजार ७०७ एन्टिजेन गरी १३ हजार ५७३ जनामा परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ७२२ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ । हाल मुलुकभर ३५ हजार ४३२ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू