पिसाबमा पैसा

प्राचीन रोममा पिसाबलाई अमूल्य झोल पदार्थ मानिन्थ्यो । यसको खरिदबिक्री हुन्थ्यो र सरकारले बिक्रीमा कर लगाउँथ्यो । व्यापारीहरु पिसाब संकलन गर्न दैलोदैलो चहार्थे । सार्वजनिक शौचालयमा आ–आफ्नो भाँडो राख्थे । रोमवासी पिसाबले लुगा धुन्थे, कोही मुख पनि धुन्थे । कुल्ला गर्थे । पिसाबले मुख कुल्ला गरेपछि दाँत चम्कन्छ भन्ने विश्वास थियो । त्यसैले होला प्राचीन रोमन साहित्यमा दाँत सेतो बनाउने भनेर पिसाबको महिमा गाएको कविता पढ्न पाइन्छ ।

टिप्पणीहरू