राजधानीमा काङ्ग्रेसभित्र दिनदिनै रमिता

राजधानीमा काङ्ग्रेसभित्र दिनदिनै रमिता

महाधिवेशनको मुखमा कांग्रेसभित्रको सदस्यता विवाद भुसको आगोझैं सल्किएको छ । काठमाडौं क्षेत्र नम्बर सातमा अहिले यो लफडाले प्रवेश पाएको छ । त्यहाँका सभापति मुकुन्द रिजालले क्रियाशील सदस्यता वितरण र नवीकरणमा व्यापक धाँधली गरेको आरोप लागेको छ । उनको ज्यादतिको शिकार भएर सयौं क्रियाशील सदस्य बाहिरिनुपर्ने स्थिति आएको गुनासो सुनिन्छ । उनले सक्रियलाई बेवास्ता गरी आफू निकटस्थको मात्र नवीकरण गर्ने नीति अख्तियार गर्दा लफडा उत्पन्न भएको क्षेत्रीय सचिव मनोहरि तिवारीले बताए ।

फारममा एउटा र कम्प्युटर प्रविष्टीमा फरक व्यक्तिको नाम दर्ता गराएको समेत भेटिएको छ । तारकेश्वर ३ मा सम्पूर्ण नयाँ क्रियाशील सदस्यता रध्द गरिएको छ । उक्त वडाबाट सिफारिसका लागि १९६ जनाको नाम पठाइएको थियो । जसमध्ये इकाई सभापतिका पक्षधर ४८ फारम मात्र स्वीकृत गरेको भेटिएको छ । २८ क्रियाशील सदस्यलाई हटाइएको प्रति तिवारीले जनआस्थासँग आक्रोश पोखे । वडाबाट सिफारिस भएका १ सय ५८ जनासँग प्रतिव्यक्ति चार सय रुपैयाँका दरले जम्मा भएको ६३ हजार २ सय रकमको हरहिसाब गायब गराएको आरोप छ ।

सो रकममा जिल्ला सभापति , क्षेत्रीय सभापति र इकाई सभापतिको मिलेमतोमा हिस्सा लागेको आरोप छ । उक्त संकलित शुल्कको नगदी रसिद नम्बर ७०६ तिवारीसँग सुरक्षित छ ।

“मतदातालाई दिग्भ्रमित पार्न आफ्नो निवासमा सूर्य चिन्ह अंकित झण्डासम्म राख्न भ्याए ।

३ का उपसभापति बलराम पुडासैनी,४ का उपसभापति शिवराम श्रेष्ठ तथा नागार्जुन नगरपालिका वडा नम्बर १ का इकाई सभापति प्रचण्ड शाह,वडा २ का सचिव सुरेन्द्र थेबे,३ का इकाई सभापति धनबहादुर श्रेष्ठ लगायतबाट वडापिच्छे हस्ताक्षर सहितको उजुरी परिसकेको छ । यस विषयमा हालसम्म कुनै सुनवाइ नभएपछि केन्द्रीय छानबिन समितिमा प्रदेश सभापति तिवारीले निवेदन दर्ज गराएका छन् ।

केन्द्रीय छानबिन समितिका सदस्यद्वय प्रदीप पौड्याल र श्यामकुमार घिमिरेसमक्ष पटक पटक अनुरोध गरिसकिएको छ । तर उही प्रकृतिका उजुरीमा अलग अलग निर्णय भई,विधान विपरीत भएको कार्यलाई स्वीकृत दिने काम भएको तिवारीको दाबी छ ।

तत्कालीन ७ र ८ नम्बर वडा समायोजन भई बनेको ३ नम्बर वडाका इकाई सभापति शारदाप्रसाद अर्याल बिसँ २०७२ सालमा सम्पन्न १३ औँ महाधिवेशनताका वडा नम्बर ८ जीतपुर फेदीका सभापति थिए ।

गत स्थानीय निर्वाचनमा उनले वडा अध्यक्षका प्रत्यासी मनोहरी तिवारीलाई हराउन र मतदातालाई दिग्भ्रमित पार्न आफ्नो निवासमा सूर्य चिन्ह अंकित झण्डासम्म राख्न भ्याएको बताइन्छ । तिवारीको आरोप छ-उनीजस्तो बैगुनी व्यक्ति कोही छैन,किनकि उनी आफै काँग्रेसी कार्यकर्ता भइकन त्यही पाटीका उम्मेदवारलाई हराउन हरसम्भव प्रयासमा उत्रिएका थिए ।

जीतपुर फेदीका २१७ क्रियाशील सदस्यमध्ये २०० जनाको हस्ताक्षर भएको माइन्युटबाट सर्वसम्मत भएका इकाई सभापति बलराम पुडासैनीलाई पाखा लगाई २०७७ असोज २ गते केन्द्रबाट निर्णय गराएर आफै सभापति बन्न भ्याए ।

टिप्पणीहरू