दुई नम्बरका जम्मै मन्त्री काठमाण्डौ ओइरिए

दुई नम्बरका जम्मै मन्त्री काठमाण्डौ ओइरिए

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको बताइएको छ ।

बैठकमा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराई,अध्यक्ष उपेन्द्र यादव,वरिष्ठ नेता अशोक राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु महेन्द्र राय यादव,रेणु यादव,मृगेन्द्रकुमार सिंह यादव,राम सहाय यादव सहभागी छन् ।

त्यस्तै,प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत,अर्थमन्त्री विजय यादव,कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,वनमन्त्री रामनरेश राय,अर्थ राज्यमन्त्री उषा यादव,संघीय सांसद अमृता देवी अग्रहरिलगायतको उपस्थिति रहेको बैठक श्रोतले जनाएको छ ।

जसपाले मन्त्रिपरिषद्मा काँग्रेस र माओवादी सरह समान हिस्सेदारी खोजेको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

टिप्पणीहरू