पारिका सिपाहीले तुइन काट्दा वारिको प्राणान्त

पारिका सिपाहीले तुइन काट्दा वारिको प्राणान्त

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकाली नदीको तुइनको लठ्ठा काटिदिँदा एक जना नेपाली खसेर बेपत्ता भएका छन् । आज दार्चुलाको ब्यास गाउँपालिका–२,मालघाटमा महाकाली नदी तर्दातर्दै भारतीय एसएसबीले तुइनको लठ्ठा काटिदिँदा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

उक्त घटनाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले घोर निन्दा तथा भर्त्सना गरेको छ । अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै एसएसबीको उक्त क्रुर र आपराधिक घटनाप्रति आपत्ति जनाएको छ ।अनेरास्ववियुका अध्यक्ष ऐन महरद्वारा जारी विज्ञप्तिमा नेपाली जनताले भारतको दादागिरी कहिलेसम्म सहने ? भन्दै उसको अगाडि निरीहता र लघुताभाष कहिलेसम्म बोध गरिरहनुपर्ने हो भनिएको छ ।

नागरिकको जीवन रक्षाबाट विमुख हुने अधिकार सरकारलाई नरहेको भन्दै अनेरास्ववियुले विज्ञप्तिमा दोषीलाई कारबाही र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउनसमेत माग गरिएको छ ।

टिप्पणीहरू