नबिल बैंकको “८% नबिल डिबेन्चर २०८५” निष्काशनमा आवेदन खुल्ला

नबिल बैंकको “८% नबिल डिबेन्चर २०८५” निष्काशनमा आवेदन खुल्ला

नबिल बैंकले श्रावण १० गते देखि ३ अर्ब रुपैया “ बराबरको ३० लाख कित्ता ऋणपत्र (डिबेञ्चर) निष्काशन गरेको छ । ‘८% नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधि रहेको उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएकोे छ । ऋणपत्रमा लगानी गर्दा वार्षिक ८ प्रतिशत ब्याज दर पाईनेछ ।

नबिल बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्र मध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैया“ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

टिप्पणीहरू