काठमाडौं मेडिकल कलेजमा नाराबाजी

काठमाडौं मेडिकल कलेजमा नाराबाजी

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा कर्मचारीहरुले व्यवस्थापनविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले अस्पताल प्रशासनले कर्मचारी युनियनका नेतालाई असम्बन्धित स्वास्थ्य केन्द्रमा खटाएको भन्दै चर्को नारा लगाउँदै बिरोध प्रदर्शन गरेका हुन् ।

यसअघि विभिन्न माग राखेको कर्मचारी युनियनका अध्यक्ष मदनलाल श्रेष्ठलाई इन्द्रावती स्वास्थ्य केन्द्रमा खटाएको र अस्पतालहाता प्रवेशमा रोक लगाएपछि कर्मचारीहरु आन्दोलित भएको बताइन्छ । स्वास्थ्य कर्मचारी युनियनका अध्यक्ष सहकुल बस्नेत र स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष मदनलाल श्रेष्ठको संयुक्त नेतृत्वमा आज बिहानदेखि अस्पताल प्रशासनविरुद्ध नाराबाजी भएको हो ।

आन्दोलनकारीहरुले अस्पताल कर्मचारी नियमावली २०७७ खारेज गर्दै २०६७ कायम गर्नुपर्ने, उपचार खर्च, बीमा, सरुवा, सेवा सुविधालगायतका माग राखि हातमा कालोपट्टी बाँधेर नारा जुलुस गरेका छन् । उनीहरुले पूरानो सेवा सुविधा फिर्ता गर, श्रम ऐन पालना गर, श्रमिक मार्न पाईंदैन, निश्काशित कर्मचारी पुनर्बहाली गर, श्रमिक मार्न पाईंदैन, कर्मचारी माथिको अन्याय बन्द गर लगायतका नारा लगाएका छन् ।

टिप्पणीहरू