कोरोनाबारे पश्चिमा राष्ट्रहरूको भनाइ ‘अफवाह’ : चीन

कोरोनाबारे पश्चिमा राष्ट्रहरूको भनाइ ‘अफवाह’ : चीन

चीनले कोभिड १९ को उत्पत्ति र वास्तविकता एउटा जटिल र संवेदनशील विषय रहेको बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री चङ यिछिनले भाइरसको उत्पत्ति महत्वपूर्ण,जटिल र संवेदनशील भएकाले यसलाई व्यावसायिक,निष्पक्ष र रचनात्मक तरिकाले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

उपमन्त्री चङ्ले विश्व स्वास्थ्य संगठन र चीनले गरेको संयुक्त अध्ययनको प्रतिवेदनबारे उल्लेख गर्दै अमेरिकाले चिनियाँ अन्वेषकहरूलाई भाइरसको स्रोत र यथार्थ तथ्य लुकाएको भनी लगाएको आरोपको कडा आलोचना गर्नुभएको छ ।

उहाँले चीनको वुहानस्थित एक प्रयोगशालाबाट कोरोना भाइरस चुहिएको र विश्वभर फैलिएको भन्ने पश्चिमा राष्ट्रहरूको भनाइलाई ‘अफवाह’ भन्नुभएको छ ।

चिकित्साविज्ञान अनुसार र विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको विश्वव्यापी अध्ययनले कुनैपनि आरोपमा वैज्ञानिक र चिकित्सा विशेषज्ञद्वारा पुष्टि हुनपर्नेमा चीनको जोड रहेको बताइएको छ । पत्रकार सम्मेलनमा भनिएको छ, ‘कुनै पनि धारणा राजनीतिक हस्तक्षेपबाट स्वतन्त्र हुनुपर्छ,विश्वका सबै राष्ट्रको सार्वभौम समानताको सम्मान गर्दै कसैलाई पनि अकारण दोषी ठहराउन पाईंदैन ।’

टिप्पणीहरू