सहकर्मीकी छोरी र श्रीमती सखाप ?

आवेशमा आएर निर्णय गर्दा कहिलेकाहीँ मान्छेले आफैं पुरिने खाल्डो खन्छ । यस्तै भएको छ, क्याप्टेनले फोन स्विचअफ गरिदिएर बेपत्ता भई रातभर यात्रुलाई बिचल्लीमा पार्ने नेपाल वायुसेवाका अर्का क्याप्टेनको हकमा ।

आफ्नै सहकर्मीलाई छोरी तथा श्रीमती नै मारिदिने धम्की दिने उनी नराम्रोसँग फस्दै छन् । एसएमएसमार्फत धम्की प्रेषित गरेका उनी विद्युतीय कारोबार ऐन (साइबर क्राइम)मा समेत दोषी ठहर्ने पक्काजस्तै छ । प्रसंग क्याप्टेन सजल कुइँकेलले अर्का क्याप्टेन अरविन्दराज पहारीलाई दिएको धम्कीको हो । उनले पहारीलाई ९८१८१३८८८२ नम्बरबाट गत बिहीबार राति १० बजेर ४१ मिनेटमा पठाएको सन्देशमा लेखिएको छ, ‘अरविन्द, मैले थाहा पाएँ कि तिमीले रोष्टर तयार गरेका हौ र मलाई एसके देउजासँगै राख्यौ किनभने उनले सजल, रमन, सञ्जय र भोगेन्द्र आफ्नो निशानामा रहेको बताएका थिए ।

उनका अनुसार, यिनीहरूलाई म पेल्छु भनेर देउजाले भनेथ्यो रे, त्यसकारण तिमी नै योजनाकार हौ । तर, एउटा कुरा याद राख, यदि मेरो करियरमा केही भयो भने तिमी जिम्मेवार हुनेछौ । अनि म तिम्री छोरी र श्रीमतीलाई छोड्दिन । यदि, मलाई सखाप पर्ने योजना बनाइरहेका छौ भने म तिमीलाई पनि ध्वस्त पार्नेछु । म यो सन्देश यसकारण पठाइरहेको छु कि पछि थाहा होस्, कसले र किन तिमी र तिम्रो परिवार समाप्त पा¥यो !

अरविन्दले शुक्रबार नेपाल वायुसेवाको अपरेशन डिपार्टमेन्टमा आफूमाथि आएको धम्कीबारे आवश्यक कारबाहीको लागि निवेदन पेश गरिसकेका छन् । दर्ता नम्बर ९३१ रहेको सो उजुरीमा सजलले लगाएको आरोप र विषयबारे आफू अनभिज्ञ रहेको र त्यसमा चासोसमेत नरहेको उल्लेख छ ।
 

टिप्पणीहरू