पत्नी विछोडको पीर भुलाउन

भनिन्छ, हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर ल्याएको हुन्छ । इकु अर्थात् सुलेमान शंकरले श्रीमती जया केसीबाट पाएको चोटलाई बिर्सन आठ सडक बालबालिकालाई ‘एडप्ट’ गरेका छन् ।  

 इकुले भूकम्प प्रभावित जिल्ला सिन्धुपाल्चोक, गोरखा र नुवाकोटका बच्चालाई जोरपाटीमा आश्रय दिइरहेका छन् । साढे दुईदेखि १३ वर्ष उमेरका बालबालिकाको अभिभावक बनेका सुलेमानले गत वर्ष मात्र पत्नी जयासँग डिभोर्स गरेका हुन् । अहिले एकल जीवन बाँचिरहेका छन् ।
कतारमा बस्दै आएका नेपालीसँग प्रेममा फसेका कारण आफ्नो घरबार बिग्रिएको इकुले बताउँदै आएका थिए । २ वर्षदेखि उनीहरूबीचको खटपट सम्बन्धविच्छेदमा पुगेर सकिएको हो ।

टिप्पणीहरू