यस्ता अत्याचारीलाई म नमरेसम्म छाड्दिनँ

यस्ता अत्याचारीलाई म नमरेसम्म छाड्दिनँ

-हरी गजुरेल

केही बदनाम कर्मचारीका कारण आज सिंगो प्रशासन संयन्त्र बदनाम हुँदै छ । त्यस्तै बदमासलाई शक्ति र सत्ताको आडमा कारबाही गर्न कुनै निकाय तयार नहुँदा ती मैमत्त साँढेझैँ हुने नै भए । भन्छन् नि बोरामा एउटा कुहिएको आलुले सिंगो बोराको आलुलाई कुहाइदिन सक्छ तर त्यो कुहिएको आलुलाई बोराका अरु सद्धे आलुले सद्धे बनाउन सक्दैनन् ।

१४ वर्षको उमेरदेखि आफ्नै जातका केटा माग्न आउँदा मैले विवाह गर्न नमानेको । जीवनभर विवाह नगरी बस्ने निर्णयमा बसेकी म, बुबा आमा पनि मेरो इच्छाविपरीत जानुभएन, करकाप गर्नुभएन । सम्पन्न परिवारमा जन्मे, हुर्किएको । मावलीतिरबाट आमाको नाममा प्रशस्तै सम्पत्ति आएको थियो दाइजोमा । तिनताक बस्दै थिएँ, दार्जिलिङमा, बुवाको अवस्था साह्रै नाजुक छ, मुख हेर्न आउनु भनेपछि मात्रै घर फर्किएँ इलाम । म घर फर्किएको केही पछि बुवाले प्राण त्याग्नुभयो ।

एक दिन असाध्यै टाउको दुखेको थियो । माया, प्रेमले मुसार्दै औषधि खुवायो । पछि थाहा भयो, त्यसरी खुवाइएको दबाई गर्भ तुहाउने औषधि रहेछ ।

बुवाको नाममा रहेको जग्गा अनेकन समस्या झेल्दै आमाको नाममा सारियो । बुवा बित्नुभएको बर्ष दिनपछि आमा पनि रहनुभएन । सो जग्गा आफ्नो नाममा ल्याउने सन्दर्भमा मालपोत कार्यालय जाँदा त्यहीं भेटिएको हो मालपोत अधिकृत कुमार दाहालसँग । मूल घर झापाका । म अनपढ, जग्गा जमिन टन्नै देखेपछि ती दाहालको मनमा पाप पलाएरै त होला, सबै कागजात ठीकठाक हुँदा पनि मेरो काम गर्न मानेनन्, आनाकानी गरिरहे, झुलाइरहे ।

विवाहको प्रस्ताव गर्दै भने, ‘मसँग विवाह ग¥यौ भने तिम्रो जग्गाधनी पुर्जा आउँछ, नत्र आउँदैन ।’ कस्ता–कस्ता स्वजातीय केटा माग्न आउँदा अस्वीकार गरेको मान्छे, त्यहीमाथि कृष्ण प्रणामी । जाँड रक्सी त परको कुरा, माछामासु पनि नछुने । मैले इन्कार गरेँ । भनेको थिएँ, तपाईंसँग विवाह गरेपछि मैले पकाएर खुवाउनुपर्छ, कृष्ण प्रणामी भएका कारण म परिबन्दमा छु ।

खै, कहाँबाट बल आयो छातीमा समातेर पछारेँ । मेरो सम्पत्ति खानैका लागि तैंले मसँग विवाहको नाटक गरिस् ? भन्दै पिटेँ ।

०५८ सालमा जबर्जस्ती विवाह भयो । तीन वर्षसम्म त दाम्पत्य जीवन सुखदै ढंगले बित्यो । यो बीचमा उसलाई पटक–पटक आग्रह गरेँ, विवाह दर्ता गर्न तर अटेर गरिरह्यो । म सोझी, केही बुझ्दिनथेँ, उसैले इलामका पुख्र्यौली जग्गा जमिन, गरगहना बेचेर काठमाडौंमा जग्गा किन्ने कुरा निकाल्न थाल्यो । २४ रोपनी जग्गा, ७ तोला सुन बेचियो ।

यहीबीच पेटमा बच्चा रहन पुग्यो । ३ महिनापछि दार्जिलिङ जाऊँ भन्न थाल्यो । मैले अटेर गरें । एक दिन असाध्यै टाउको दुखेको थियो । माया, प्रेमले मुसार्दै औषधि खुवायो । पछि थाहा भयो, त्यसरी खुवाइएको दबाई गर्भ तुहाउने औषधि रहेछ । गर्भ खेर गएपछि म माइती गएँ, त्यही मौकामा इलामबाट सरुवा मिलाएर सुनसरी झरेछ । त्यहाँ पुगेर केरकार गरेँ, मलाई छाडेर किन भागेको ? भनेर सोधेँ । ढुंगा बोल्ला, मान्छे बोलेन । खै, कहाँबाट बल आयो छातीमा समातेर पछारेँ । मेरो सम्पत्ति खानैका लागि तैंले मसँग विवाहको नाटक गरिस् ? भन्दै पिटेँ ।

आफ्नो सम्पत्ति फिर्ता मागें, त्यहाँका अधिकृत धु्रव रेग्मीले उनलाई हकारे, तपाईंले काम नबिगारेको भए कसैले पनि कार्यालयमै आएर हातपात गर्दैन । आफ्नो जहान मिलाएर राख्नुस्, कार्यालयमा तमासा नदेखाउनुहोस् भन्दै हकारे । ती कर्मचारी अहिले कहाँ छन् कुन्नि ? सायद देखभेट हुँदो हो त उनीबाट अवश्य केही सहयोग पाउँथें होला ।

सुनमा जन्मिएर हिरामा हुर्किएको मान्छे म, कहाँको यस्तोसँग चिनजान हुँदा आज जिन्दगी नर्कतुल्य भयो । ऊ मेरै सम्पत्तिमा मोजमस्ती गर्दै छ । म अरुको घर पुछेर, सफा गरेर यो महँगो शहरमा आफ्नो एक मुठी सास अड्याइरहेको छु ।

त्यो समय माओवादीको जगजगी थियो । हल्लाखल्ला सुनेपछि तिनका केही मान्छे आए र यो पातकीलाई नछाड्नुहोस् दिदी भनेपछि बल्ल हात जोडेर माफी माग्यो । मान्छेको भीडमा भन्यो, तिमीलाई सुख सुविधा दिएर पाल्छु ।

तेरो सुख सुविधा केही चाहिएन, तैँ राख्, सम्पत्तिकै लागि तैले मसँग विवाहको नाटक गरिस्, मेरो जिन्दगी नर्कमा पारिस् । मलाई मेरो सम्पत्ति फिर्ता गर्, तेरो अरु मलाई केही चाहिँदैन, तँसँग जीवन काट्न सक्दिनँ भनेँ । धु्रव रेग्मीले भन्नुभयो, ‘मेरो पनि दुई वटा श्रीमती छन्, मिलाएर राखेको छु । तपाईंले पैसा लिएको हो भने यो अवलाको पैसा फिर्ता दिनुहोस्, जग्गा लिएको हो भने पास गर्नुहोस् ।’ उसले त्यहाँ भनेको थियो, म घर बनाएर तिमीलाई राख्छु । जग्गा र दश लाख पैसा फिर्ता दिन्छु । त्यसको केही दिनपछि घर खर्च चलाउन भन्दै १० हजार थमाएर हिँडेका उनी फर्किएनन् ।

सोधपुछ गर्दै जाँदा थाहा पाएँ उनी काठमाडौं गएका छन् । लामो समयसम्म नफर्किएपछि मनमा चिसो पस्यो । इलाम र दार्जिलिङबाहेक कतै नदेखेको, नहिँडेको मान्छे, काठमाडौंबारे केही थाहा हुने कुरै भएन । सारा श्रीसम्पत्ति आफ्नो बनाएर हिँडेपछि म पछिका २ भाइको बिजोग हुँदै थियो, मेरै कारणले । आकाश गए पनि, पाताल गए पनि छाड्दिनँ भनेर काठमाडौं भित्रिएँ, ६० सालमा ।

अर्काेको श्रीसम्पत्तिमा मस्ती गर्न पाएपछि के भयो ? लाखाैँ खुवाएर सरुवा मिलायो । त्यहाँबाट भागेर भूमिसुधार तथा व्यवस्था विभागमा पुगेको पत्ता लाग्यो । खोज्दै उसको कार्यालय पुगेँ । रोइकराइ गरेँ, मलाई किन अलपत्र पा¥यौ ? भनेँ, तथानाम गाली गरेँ । को पागल हो यो म चिन्दिनँ भन्यो । त्यहीँ पिटेँ उसलाई । मसँग प्रमाण छैन, तैपनि ऊ मलाई देख्दा डराउँछ, कालो नीलो हुन्छ ।

कसैले नपिट भनेनन् त्यहाँ । यही मान्छे खत्तम छ हामी के भनौँ भन्थे भेटिनेहरू । त्यहाँको प्रमुखलाई भेटेर दुःख सुनाएँ । सरकारी कर्मचारी भएर के बेइज्जत गर्दै हिँडेको भन्दै हकारे । उसले हात जोड्दै भन्यो– मेरो बेइज्जत नगर, म मिलाएर राख्छु, घर जाऊ ।

तर, श्रीमान्ले गर्नुपर्ने कर्तव्य केही पूरा गरेन । बुझ्दै गएँ उसले बुवाआमाको नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गरी बेचेको पैसाले कोटेश्वरको शुभकामना मार्गमा घर ठड्याइसकेको रहेछ । पहिला नै उसको विवाह भइसकेको थाहा पाएपछि त झन् छाँगाबाट खसेजस्तो भएँ । त्यो टोलमा पुग्दा यो मान्छेको नियत नै खराब छ भन्थे स्थानीय । उनीहरूकै सल्लाहमा म काठमाडौं जिल्ला अदालत गएर मुद्दा हालेँ । उसले त्यहाँ फकाई फुलाई मिलापत्र गरायो तर केही दिएन ।

काठमाडौं शहरमा अलपत्र परेँ । पछि पुनः फिराद दर्ता गराएँ, प्रमाण नपुगेको भन्दै ०६९ जेठ २ मा मुद्दा खारेज भयो । पुनः न्याय खोज्दै पुनरावेदन अदालत पुगेँ । त्यहाँबाट पनि प्रमाण नपुग्ने भन्दै हराइयो । एउटा कर्मचारीको कालोकोटधारीहरूसँग सम्बन्ध नहुने कुरै भएन । ऊसँग अकुत धन छ, लुटेको धन छ । म अबला, को छ र ? के छ र मसँग ? अनि को बोलिदिन्छ र मेरालागि ? म अहिले सर्वाेच्च अदालत धाइरहेकी छु ।

म दुई भाइको सहारा बन्नुपर्ने । विवाहपछि भताभुंग भयो जीवन, माइतीका लागि म शत्रु बनें । आज श्रीसम्पत्ति सबै लुँड्याएर हिँडी, भाइ मारी भन्दै मलाई माइतीले टोक्छन्, जहाँ भेट्यो त्यहीँ काट्छन् तर मेरो विवशता, म कसरी फसें, त्यो कसैले बुझ्दैनन् । उसकै कारण म आज घरको न घाटको स्थितिमा छु । माइतीपट्टिको एउटी छोरी, मामापट्टिको एउटै भाञ्जी म । २४ रोपनी जग्गा, सात तोला सुन, ८० तोला चाँदीको कल्ली सबै उसैले खाइदियो । आज उही पानीमाथिको ओभानो छ । न्यायालयले उसैलाई उम्काइरहेको छ । मेरो सम्पत्ति खाने, मेरो जिन्दगी, अस्मिता लुट्ने त्यो पशुलाई कालले छाड्ला तर म छाड्दिनँ ।

मेरो जग्गा र सम्पत्ति फिर्ता पाऊँ, अरु केही पनि चाहिएन । यही जालसाजी गर्नु रहेछ र पो न बच्चा दिए न त विवाह दर्ता नै गर्न माने । बच्चा भए पनि उसैको मुख हेरेर चित्त बुझाउँथें होला । दाइ त्रिचन्द्रमा पढाउनुहुन्छ तर यही कारणले आफ्नो मुख देखाउन सकेको छैन । भदै काठमाडौंमै छिन् । मैले अनुहार देखाउन सकेको छैन । कोही लण्डन, कोही अमेरिकामा छन् । विवाहका लागि कस्ता–कस्ता मान्छे आउँदा पनि नटेरेको मान्छे म यस्तो पत्रु मान्छेसँग विवाह गर्न पुगेँ ।

पहिला नै विवाह गर्दिनँ भनेर अठोट गरी बसेको मान्छे यही पत्रुका कारण आज घर न घाटको स्थितिमा छु । उसले मजस्तै अरु कतिको जिन्दगी बर्बाद पा¥यो होला ? अरु कति सेवाग्राहीसँग यसैगरी असुल्यो होला ? सुनेको छु ऊ अहिले बढुवा भएको छ र अकुत सम्पत्ति असुल्न सकिने अड्डाको हाकिम छ ।

सुनमा जन्मिएर हिरामा हुर्किएको मान्छे म, कहाँको यस्तोसँग चिनजान हुँदा आज जिन्दगी नर्कतुल्य भयो । ऊ मेरै सम्पत्तिमा मोजमस्ती गर्दै छ । म अरुको घर पुछेर, सफा गरेर यो महँगो शहरमा आफ्नो एक मुठी सास अड्याइरहेको छु । त्यो जहाँ जाओस् मेरो एक मुठी सास र एक थोपा रगत रहेसम्म त्यसलाई कालले छाड्ला, म छाड्दिनँ ।

टिप्पणीहरू