ओलीपक्षको केन्द्रीय कमिटी बैठक शुरु

ओलीपक्षको केन्द्रीय कमिटी बैठक शुरु

प्रतिपक्षी दल नेकपा एमालेको संस्थापन पक्षको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक भर्खरै शुरु भएको हो ।

आजको बैठकमा पार्टीको आन्तरिक विवाद,पार्टी अनुशासन,कार्यदलको १० बुँदे प्रस्तावलगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् । वरिष्ठ नेता माधव नेपाल समूहको उपस्थिति बिना नै बसेको बैठकले हिजो फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदहरुमाथि कारवाही गर्ने बुझिएको छ ।

यसअघि १४औँ केन्द्रीय कमिटी बैठक भनेर खबर गरिएकोमा वैठकमा टांगिएको ब्यानरमा भने १० औँ केन्द्रीय कमिटीको बैठक भनेर लेखिएको छ । माओवादीसँग एकता हुनुपूर्व एमालेको नवौँ केन्द्रीय कमिटी बैठक बसेको थियो । फागुन २३ पछि नेपाल समूह बिना नै बसेका बैठकलाई मान्यता दिने गरी आज १४औँ बैठक बस्ने तयारीका बीच आज अन्तिम समयमा सच्याइएको बताइन्छ ।

जेठ २ मा फर्किएको देखाएर नेपाल समूहका नेता तान्ने प्रयासस्वरूप यस्तो रणनीति अपनाइएको नेताहरुले दाबी गरेका छन् ।

टिप्पणीहरू