दुई वर्षमा जे–जे देखिए

  • सुदर्शन मंगोल

मोहन वैद्य ‘किरण’ सँग अलग्गिएर कमरेड विप्लवको नेतृत्वमा पार्टी बनेको ८ मंसिरमा दुई वर्ष पूरा भएको छ । केही मान्छेले यसबीच पार्टी सडकदेखि सडकमा मात्र सीमित भएको, फुटको औचित्य पुष्टि गर्न नसकेको, क्रान्तिकारी आवेग र उत्तेजनामा केन्द्रित भएको जस्ता टिप्पणी गरिरहेका छन् । प्रचण्ड–बाबुरामको अकल्पनीय विचलन र मोहन वैद्य किरणको अन्योल, अस्पष्ट वैचारिक भुमरीको बीचबाट एकीकृत जनक्रान्तिको नयाँ विचार प्रक्षेपण गर्नु दुई वर्षको सबैभन्दा महŒवपूर्ण उपलव्धि हो ।

लेनिन र माओपछि १२० र ९० वर्षको बीचमा अर्थ राजनीतिमा आएको परिवर्तनले आजको विश्वमा सर्वहारावर्गसँग नयाँ र विकसित विचारको प्रश्न सर्वाधिक महŒवपूर्ण बनेर उपस्थित भएको छ । लेनिनले भनेको मासबेस्ड क्याडर पार्टी र स्टालिनले भनेको अनुशासित र स्पातिलो पार्टी निर्माण गर्न सक्नु दोस्रो महŒवपूर्ण उपलब्धि हो । लेनिन र माओलाई मुख्य आधार मानेर यसबीच पार्टीले प्रतिक्रान्ति रोक्न सक्ने पाटी निर्माणमा जोड दिइएको छ । पार्टी प्रचण्डहरूको जस्तो हुलहुज्जत र भीडहरूको जमात होइन । न त वैद्यहरूको जस्तो कोठामा बसेर माक्र्सवादी ठेली अध्ययन गर्ने र वैचारिक विमर्श चलाउने मात्र हुन सक्छ ।

लिपुलेक प्रकरणदेखि भारतीय विस्तारवादको नाकाबन्दीका विरुद्ध पार्टीले राष्ट्रियताको प्रश्नमा निकै ठूलो नेतृत्वदायी भूमिका खेलेको छ । महँगी, भ्रष्टाचार विरोध र खाद्य सम्प्रभुताका पक्षमा पार्टीले आम सर्वसाधारणलाई आन्दोलनमा सहभागी गराउँदै गरेको संघर्ष कम चानचुने छैन । निर्णायक क्रान्ति र संघर्ष कसैको मनोगत चाहना र इच्छाले हुँदैन । रुसको अक्टोबर क्रान्ति (सन् १९१७), चीनको नयाँ जनवादी क्रान्ति (सन् १९४९) र क्युबाली क्रान्ति (सन् १९५९) आफ्नो मौलिकता र भिन्न परिवेशमा भएका क्रान्ति थिए । त्यसबाहेक कोरियाली क्रान्ति (सन् १९४८) र भियतनामको क्रान्ति (सन् १९४५) पनि आफ्नै मौलिकतामा सम्पन्न भएका थिए ।

कहिलेकाहीँ परिस्थितिले घागडान नेता अनि विद्वान्को भविष्यवाणी र विश्लेषणलाई असान्दर्भिक बनाइदिएका छन् । माक्र्सले विकसित युरोपका पुँजीवादी मुलुक बेलायत, हल्याण्ड, जर्मनीलगायतमा छिटो सर्वहारा क्रान्ति हुने भविष्यवाणी गरेका थिए । तर, परिस्थितिले त्यसलाई असान्दर्भिक बनाइदियो । उसोभए के माक्र्स बेठीक थिए त ? थिएनन् । किनकि कहिलेकाहीँ बदलिएको परिस्थितिले कसैको भविष्यवाणी र विश्लेषणलाई असावित गरिदिन्छन् । यता, रुसमा लेनिन र अक्टोबर क्रान्तिको इतिहास झन् रोचक छ ।

लेनिनले रुसमा क्रान्तिको तयारी सन् १८९५ देखि गर्न थालेका हुन् । लेनिन कहिले मेन्सेविकसँग एकता गरेर क्रान्तिको तयारी थाल्छन् त कहिले अलग भएर । सन् १९०५ को असफल क्रान्तिपछि लेनिन र बोल्सेविक संसद्मा प्रवेश गरे तर पछि त्यसलाई भण्डाफोर गरेर बाहिर निस्किए । लेनिनले अक्टोबर क्रान्तिको योजनाबद्ध तयारी भने मेन्सेविकसँग सन् १९१२ मा सम्वन्धबिच्छेदपछि मात्र गरेका हुन् । त्यो सम्वन्धबिच्छेद गरेर नयाँ र क्रान्तिकारी पार्टी नबनाएको भए क्रान्ति सम्भव हुने थिएन ।

लेनिनले सन् १९१२ देखि भित्र र बाहिर सबैतिर गरेको तयारीको फलस्वरूप अक्टोबर क्रान्ति सम्भव भएको हो । लेनिनजस्तो बहुप्रतिशाली र गतिशील नेतृत्वका कारण बोल्सेविकहरु विजयी बन्न सके । आज, नेपालमा विप्लव कमरेडको नेतृत्वमा नेकपा माओवादीले यो दुई वर्षमा बनाउन खोजेको पार्टी लेनिनको जस्तै हो । लेनिनले सन् १९१७ को जनवरीमा सर्वहारा क्रान्ति आफ्नो पालामा नहुने भन्दै पछिल्लो कुनै पुस्ताले क्रान्ति गर्ने भविष्यवाणी गरेका थिए । त्यो कुरा अमेरिकी मजदुरलाई लेखेको पत्रमा उल्लेख छ ।

सन् १९१७ फेब्रुअरीको पुँजीवादी क्रान्ति लेनिनले ८ महिनाको तयारीमा सम्पन्न गरेका हुन् । एक महिनाअघि सर्वहारा क्रान्ति आफ्नो जमानामा नहुने विश्लेषण गरेका लेनिनले एक महिनापछि अक्टोबर क्रान्तिका निम्ति सारा ध्यान लगाएका हुन् । वास्तवमा लेनिनले गरेको अक्टोबर क्रान्तिका धेरै विशेषता नेपालको माओवादी आन्दोलनमा देखा पर्छन् । जब वस्तुगत र आत्मगत परिस्थिति अनि सबै चिजको तारतम्य मिल्छ तब क्रान्ति स्वतस्फुर्त ढंगले हुन्छ । हामीले गर्ने जित्ने क्रान्ति हो । जुन नेपालमा सम्भव छ ।

टिप्पणीहरू