बासना थाम्न नसक्दा

अमेरिकी राज्य आयोवाको अरेन्ज नगरनिवासी जोडी गाडीभित्र ‘सेक्स’ गर्दागर्दै पक्राउ परेको छ । २८ वर्षीया किम्बर्ली र २७ वर्षीय रोरी क्लार्कले म्याकडोनाल्ड स्टोरको पार्किङ स्थलमा गाडीभित्र बसेर मैथुन गरेका थिए । प्रहरी त्यहाँ पुग्दासम्म दुवै रतिक्रियामा व्यस्त र नांगै थिए भने उनीहरुको सानो बच्चा पछाडिको सिटमा आमाबाबुको ‘चर्तिकला’ अचम्म मानेर हेर्दै थियो । बेलुकीे ९ बजेको उक्त घटनापछि प्रहरीले किम्बर्ली र क्लार्कलाई सार्वजनिक स्थानमा मैथुनरत रहेको र नावालिग बच्चालाई हेर्न बाध्य पारेको आरोपमा मुद्दा चलाएको छ ।

टिप्पणीहरू