कुरा पाँच हजारको

खुकुरीभन्दा कर्द लाग्ने’ बन्न खोज्दा प्रा.पदमप्रसाद भट्टराईले राम्रै ‘झापड’ भेटे । प्रज्ञा प्रतिष्ठान दर्शन विभागको आयोजनामा अस्ति सम्मन्न कार्यक्रममा यसअघि दर्शन विभागका प्रमुख रहिसकेका विष्णु प्रभातलाई दर्शनबारे प्रवचन सिकाउन खोज्दा राम्रै व्यंग्यवाण भेटेका हुन् ।
भएको के थियो भने, काशीनाथ न्यौपाने आफ्नो कार्यपत्र छाडेर चीन भ्रमणमा निस्किए ।

कार्यपत्रमाथि अनावश्यक टिप्पणी गरी समय बर्बाद पारेसँगै विद्वान् प्राध्यापकलाई प्रभातले झपारेका हुन् । दर्शनको एउटै शब्दकोष नेपाल प्रज्ञा प्रतिष्ठानमा नभएकोप्रति दुःख पोख्दै प्रभातले आफू प्राज्ञ हुँदा शब्दकोष किन्न ५ हजार रकम माग्दासमेत नदिएको भन्दै रोष प्रकट गरे । उनको गुनासो सुन्दै गर्दा अगाडि मञ्चमा बसेका कार्यक्रमका सभापति तथा दर्शन विभागका प्रमुख प्रा.दिनेशराज पन्त भने उपकुलपति गंगाप्रसाद उप्रेतीको मुहारमा हेरेर हाँसिरहेका थिए ।

सोही कार्यक्रममार्फत हो, उपकुलपति उप्रेतीले प्रज्ञा प्रतिष्ठानले जन्माएको भाषाको भाँडभैलोबाट पछाडि हट्दै प्रतिष्ठानले अब पुरानै भाषालाई मान्यता दिने निर्णय सुनाएको ।

टिप्पणीहरू