विद्यार्थीमाथि बन्देज

चीनको सान्डोङ प्रान्तस्थित छिङतावो बिन्हाइ विश्वविद्यालयले कडा नियम जारी गरेको छ । विश्वविद्यालय परिसरभित्र युवक र युवतीले हात समातेर हिँड्न नमिल्ने मात्र होइन, संगीत सुनेर बस्दा एउटै एअर फोन ‘सेयर’ गर्न नमिल्ने, भोजनालयभित्र एउटै थालमा खान नमिल्ने जस्ता अनौठो नियम जारी गरेपछि व्यावसायिक विषय पढाउँदै आएको यो निजी विश्वविद्यालय एकाएक चर्चित बन्न पुगेको छ ।

जारी नयाँ नियमअन्तर्गत छात्र र छात्राबीच आकर्षण हुनसक्ने सबै खालको गतिविधि प्रतिबन्धित छ । नियम तोड्ने छात्रछात्रालाई कलेजको सम्पूर्ण सफाइ गरान्छ । यहाँसम्म कि छात्रछात्राले कलेजको अनुमति नलिई कपाल रंग्याउनसमेत पाउँदैनन् ।

टिप्पणीहरू