प्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्ने विद्यार्थी नेताहरु पक्राउ

प्रधानमन्त्रीको पुत्ला दहन गर्न खोज्ने विद्यार्थी नेताहरु पक्राउ

सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनविरुद्ध तथा संसद पुनस्र्थापनाको माग गर्दै विद्यार्थीहरुले देशब्यापी विरोध प्रदर्शन र पुत्ला दहन गरिरहेका छन् । हिजो देशका ७७ वटै जिल्लामा प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।
आज ललितपुरको पाटनढोकास्थित पाटन संयुक्त क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गर्न खोज्दा प्रहरीले विद्यार्थी नेताहरुलाई पक्राउ गरेको छ ।
पाँच विद्यार्थी संगठनको पूर्वघोषित कार्यक्रमअनुसार आज दोस्रो दिन साँझको समयमा पाटन संयुक्त क्याम्पसको गेट अगाडिबाट नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य रुपक न्यौपाने, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सञ्जीव फुयाल, इकाइ अध्यक्ष सञ्जीव कार्कीलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विद्यार्थीहरुले सरकारको अधिनायकवादी र स्वेच्छाचारी शासनविरुद्ध तथा संसद पुनस्र्थापनाको माग गर्दै प्रधानमन्त्रीको पुत्ला दहन खोजेका थिए ।

टिप्पणीहरू