‘विषवृक्ष’ त रोपियो, गुण कता छोपियो ? « Jana Aastha News Online
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022
Logo
११ असार २०७९, शनिबार
|  Sat Jun 25 2022

‘विषवृक्ष’ त रोपियो, गुण कता छोपियो ?

प्रकाशित मिति :  २५ कार्तिक २०७३, बिहीबार ०७:११


सबैलाई भाग पु-याउन खोज्दा मुलुक बर्बाद हुँदो रहेछ । ०६२-०६३ पछि नेपालको राजनीति अस्थिर हुँदा देश संकटमा परेको रामकहानी हो यो । व्यक्तिको क्षमताभन्दा जात, धर्म र भेगको पक्षपोषणमा विदेशीले नेपाललाई प्रयोगशाला बनाउँदा बलजफ्ती घुसाइएको शब्द ‘समावेशिता’ ले यो राष्ट्रलाई झन् झन् अस्थिरतातर्फ धकेल्यो ।

हुन त शेरबहादुर देउवाकै पालामा सरकार गिराउन र टिकाउन सांसद खरिद–बिक्री शुरु गरिएदेखि नै हो हाम्रो राजनीति नराम्ररी अस्थिरताको श्रृङ्खला र दलदलमा फँसेको तर त्यसमा समानुपातिक भन्ने अर्को झन्झट थपिएपछि सँधैका लागि विषवृक्ष रोपियो । पहिलो संविधानसभामा ३३५ जना दलबाट समानुपातिकको नाममा मनोनित हुने र २४० जनामात्र प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखिएकै कारण प्रत्यक्षतर्फ ५० प्रतिशत सिट जित्दासमेत माओवादीले आफूखुशी सरकार चलाउन सकेन ।

त्यसबाट पाठ सिकेपछि वामपन्थीहरू प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा लागे भने प्रजातान्त्रिक विधि भन्दै काँग्रेसले संसदबाट नै प्रधानमन्त्री छान्ने प्रावधानको पक्षमा अड्डी लियो । आखिर बाध्य भएर वामपन्थीहरू त्यसैमा लतारिन पुगे । दोस्रो संविधानसभाले नयाँ संविधान त बनायो तर त्यसमा पनि ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था राखिएको छ । हुन त कम्युनिष्टहरूले २० देखि २५ प्रतिशत मात्र समानुपातिकमा राखौं भनेर बल गरेका हुन् तर त्यसमा पनि केही सीप लागेन । अझ उनीहरूले प्रतिनिधिसभा पूरै प्रत्यक्ष र राष्ट्रियसभामात्र समानुपातिक समावेशी गरौं भनेका थिए तर यहाँनेर पनि भनेजस्तो हुँदै भएन । काँग्रेसले यो कुरा मान्दै मानेन ।

पछि एमालेको समर्थनमा सरकार चलाएका सुशील कोइराला आफैंले पुरानो शर्त पालना गर्नुपर्ने भएपछि ‘दुई ठूला दल मिलेर सरकार चलाउनु हुँदैन । यो प्रजातान्त्रिक विधि होइन । प्रतिपक्ष सधैं बलियो रहनुपर्छ ।’ भन्न थाले । त्यसो भएपछि ठूलो र सानो दल मिल्नुको विकल्प रहेन र सानैको च्याँखे दाउ चल्ने र मोलमोलाई बढ्ने भयो । बीस सिटे राप्रपाका सूर्यबहादुर र लोकेन्द्रबहादुरले पालैपालो ठूला दलहरु काँग्रेस र एमालेको बुई चढ्ने मौका पाए । जसले अस्थिरता र म्यादी सरकार गठन हुने श्रृंखला नै बन्यो ०५२ देखि ०५९ सम्म ।

अब पनि हुने त्यही नै हो । आखिर काँग्रेस किन सँधै अस्थिरताको पक्षमा उभिन्छ ? यसबाट उसलाई के फाइदा पुग्छ ? स्वीट्जरल्याण्ड, जर्मनी र हाम्रै दक्षिण एशियाली देश श्रीलंकामा समेत ठूला दल मिलेर सरकार चलाएका छन् । किन काँग्रेस सँधै अनेक अत्तो थापेर देश ओरालो लगाउन मात्र उद्दत रहन्छ ?


प्रतिक्रिया दिनुहोस !