नदीमा हामफाल्ने युवतीको उध्दार,रहरले मात्रै सधैं मरिन्न

नदीमा हामफाल्ने युवतीको उध्दार,रहरले मात्रै सधैं मरिन्न

बर्दियाको गुलरिया नगरपालिका–८ स्थित भादा नदीमा हामफालेर बग्दै गरेकी एक महिलाको सकुशल उध्दार गरिएको छ । हिजो गुलरिया नगरपालिकाअन्तर्गत सडकमा पर्ने भादा नदीमा बगेकी महिलालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले बचाएको हो ।

अपरिचित महिला नदीमा हामफालेको सूचना पाएपछि प्रहरी तत्काल खटिएको थियो । सकुशल उध्दारपछि बर्दिया अस्पताल, गुलरियामा उपचार गराइयो । उपचारपश्चात् महिलाले दिएको जानकारीअनुसार उनी भारत बहराइचको मोतिपुर ग्राम बलैगाउँकी हुन् । उमेर ४० बर्ष भयो ।

लगत्तै निजको पञ्चायतको गाउँप्रधानसँग समन्वय गरी श्रीमानको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ । महिला आत्महत्या गर्ने मनशायले नै नदीमा हाम फालेको अनुमान छ ।

टिप्पणीहरू