त्रिभुवन विश्वविद्यालयमा कोरोना निको हुनेभन्दा सर्ने डर

त्रिभुवन विश्वविद्यालयमा कोरोना निको हुनेभन्दा सर्ने डर

त्रिभुवन विश्वविद्यालयले आफ्ना कर्मचारीलाई खोप लगाउन आज आयोजना गरेको कार्यक्रममा भद्रगोल देखिएको छ । अस्तव्यस्त कार्यक्रमका कारण कोरोनाबाट बच्नको लागि खोप लगाउन गएकाहरु उल्टै आफूसँगै कोरोना लिएर घर फर्किने सम्भावना धेरै देखिएको बताइन्छ ।

बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा आज बिहान साढे १० बजेदेखि डेढ बजेसम्म चिनिया भेरोसेल खोपको पहिलो डोज लगाउने कार्यक्रम थियो । विश्वविद्यालयको परिक्षा विभागका कर्मचारीलगायत आंगिक क्याम्पसका सम्बन्धित कर्मचारीलाई खोप लगाउने भनिएपछि कर्मचारीहरु बिहान ७ बजेदेखि लाइनमा बसेका थिए ।

झण्डै दुई महिनादेखि लगाइएको निषेधाज्ञालाई केही खुकुलो बनाएकै दिन आयोजना गरिएको कार्यक्रममा उपस्थित सबैको मुखमा मास्क थियो । तर, प्राध्यापक,शिक्षक र विश्वविद्यालयका कर्मचारीजस्ता शिक्षितहरुले पनि सामाजिक दूरीको राम्रैसँग खिल्ली उडाएको देखियो ।

पहिले चार सय जनालाई खोप लगाउने कार्यक्रम तय गरिएको विश्वविद्यालय स्रोतले बताएको छ । तर भीड बढेपछि त्यसलाई बढाएर छ सय पुर्याइए पनि दिउँसो १ बजेसम्म खोप लगाउने पालो नआएकाहरु आक्रोशित देखिन्थे ।

बाहिर लाइनमा खोपको निम्ति पालो कुरेर बसेकाहरु भित्र मिलेमतोमा आफ्ना मान्छेलार्ई खोप लगाएको आरोप लगाइरहेका देखिन्थे । केही भने भीडको उचित व्यवस्थापन नभएको भन्दै आक्रोशित भए । भीड थेग्नलाई सुरक्षाकर्मीहरु भने माइकिङ्ग गरेर यथोचित व्यवस्थापन गर्दै गरेको दृश्य रमाइलो देखिन्थ्यो ।


भिडियो :

टिप्पणीहरू