महामारी र बाढी पहिरोमा भीर पाखा गर्दै महिला स्वास्थ्यकर्मी

महामारी र बाढी पहिरोमा भीर पाखा गर्दै महिला स्वास्थ्यकर्मी

कोरोना महामारीमा पनि स्वास्थ्यकर्मीहरु अहोरात्र खटेका छन् । बिरामीहरुको हेरचाहमा खटेका स्वास्थ्यकर्मीहरुमध्ये केही आफ्नो ज्यान जोखिममा राखेर भए पनि दुर्गम भेगका डरलाग्दा भीर र पहरा हुँदै कोरोनाविरुध्द लड्न हिँडेको देखिन्छ ।

अहिले वर्षायाम शुरु भएकाले जताततै बाढी र पहिरोको जोखिम छ । यस्तो बेलामा पनि दुर्गम भेगकी एक स्वास्थ्य स्वयंसेविका भने भीर र पहिरो छिचोल्दै जनता जोगाउन खटेकी छन् ।पाम्का स्वास्थ्य चौकी,सुर्खेतमा कार्यरत अनमी प्रतिमा कोइराला त्यस्तैमध्येकी एउटी स्वास्थ्यकर्मी हुन् । जसले ओखती बोकेर विकट वस्तीमा जाँदै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा उनी पोहोरदेखि अनवरत पहिरो गएको ठाउँबाट आफ्नो ज्यानलाई हत्केलामा राखेर खोप बोक्दै हिँडेको देखिन्छ । उनको उक्त कार्यको सबैले प्रशंसा गरेका छन् ।

को हुन् प्रतिमा ?

सुर्खेत,चिङगाड गाँउपालिकाको पाम्का स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रतिमा कोइरालाको वीरेन्द्रनगरमा जन्म भयो । अनमी पढेपछि कर्म क्षेत्र बन्यो सुर्खेत ।

सुर्खेतका विभिन्न अस्पतालमा काम शुरु गरेको १७ वर्ष भयो । प्रदेश अस्पताल हुँदै उहाँले धेरै अस्पताल तथा स्वास्थ्य चौकीमा काम गर्नुभयो । यो अवधिमा कैयौँ मानिसको ज्यान जोगाउनु भयो,हजारौँ कुपोषित बालबालिकाको उपचार गराउनुभयो।

टिप्पणीहरू