संसद विघटनविरुद्ध प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

संसद विघटनविरुद्ध प्रदर्शन गर्ने विद्यार्थी पक्राउ

संसद विघटनविरुध्द प्रदर्शन गर्न खोज्ने सात जना नेविसंघका नेता पक्राउ परेका छन् । आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको दक्षिणतर्फको गेटअगाडि सडकमा प्रदर्शन गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

आज नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मनिष सिंखडाको नेतृत्वमा शंकरदेव क्याम्पस नेविसंघ सभापति सञ्जीव ढकाललगायतका विद्यार्थीले संसद विघटनविरुद्ध नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् । निषेधाज्ञाको समय र निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई नेपाल पुलिस क्लब,प्रदर्शनी मार्गमा लगेर राखिएको छ । प्रदर्शनकारीले प्रतिगमन मूर्दावाद, केपी सरकार मूर्दावाद,भ्रष्टाचारी सरकार मूर्दावाद, नालायक सरकार राजीनामा दे लगायतका नारा लगाएका थिए ।

टिप्पणीहरू