पहिरोले यातायात पूरै अबरुद्ध

पहिरोले यातायात पूरै अबरुद्ध

लगातार परेको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा बाग्लुङ्गमा यातायात अवरुद्ध भएको छ । जिल्लाको पश्चिम क्षेत्रमा परेको अबिरल बर्षाले ताराखोलादेखि गल्कोट जोड्ने सडकको बिभिन्न खण्डमा पहिरो झर्दा यातायात पूर्णरुपमा अबरुद्ध बनेको हो ।

जिल्लाका दलान्चौर पाताल, मनिओल लगायतका स्थानमा पहिरो झरेर मोटर बाटो अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोका कारण पैदल यात्रामा समेत कठिनाइ परेको छ ।

निरन्तर वर्षा भैरहेको र माथिबाट पहिरो झरिरहेकाले सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

टिप्पणीहरू