कोपा अमेरिका अन्योलमा

कोपा अमेरिका अन्योलमा

दक्षिण अमेरिकी महादेशको सर्वोच्च फुटबल प्रतियोगिता कोपा अमेरिका अर्जेन्टिनामा नहुने भएपछि अन्योल छाएको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघले अर्जेन्टिनामा कोपा नहुने निर्णयको कारण नखुलाए पनि अर्जेन्टिनामामा बढ्दै गएको कोरोना संक्रमणपछि उक्त प्रतियोगिता त्यहाँ आयोजना नहुने आँकलन गरिएको हो ।

यसअघि कोपा प्रतियोगिता अर्जेन्टिना र कोलम्बियाको संयुक्त आयोजनामा हुने भनिएको थियो । तर सहआयोजक कोलोम्बियालाई राजनीतिक अस्थिरताका कारण हटाएर अर्जेन्टिनालाई पूर्ण आयोजनाको जिम्मेवारी दिइएको थियो ।

कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म हुने कार्यक्रम सार्वजनिक गरिएको थियो । तर अब आयोजनास्थल परिवर्तनसँगै खेल मितिमा समेत परिवर्तन हुनसक्ने बताइएको छ ।

टिप्पणीहरू