बेवारिसे अवस्थामा डेढ दर्जन भारतीय मोटरसाइकल

बेवारिसे अवस्थामा डेढ दर्जन भारतीय मोटरसाइकल

निषेधाज्ञा उल्लङ्घन गरी अवैध रुपमा नेपाल भित्रिएका भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा जिल्लाका विभिन्न स्थानमा अनाधिकृतरुपमा चलाइएका तथा कागजपत्र नभएका १९ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट बेवारिसे अवस्थामा फेला पारी ती मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू