लडेर एक जनाको मृत्यु

लडेर एक जनाको मृत्यु

सिन्धुलीमा लडेर एकजना पुरुषको मृत्यु भएको छ । सुनकोशी गाउँपालिका–१, टुप्पी डाडाँस्थित गतिशील निर्माण सेवा प्रालिमा कर उठाउँदै आएका रामेछाप मन्थली नगरपालिका–६ घर भएका ३० वर्षीय प्रदीप जंग थापाको लडेर शनिबार राति मृत्यु भएको छ ।

कर उठाउने कक्षको पछाडी शौचालाय जाने क्रममा डिलबाट लडेर करिब १ सय मिटर तल खस्दा गम्भीर घाइते उनलाई उपाचारार्थ धुलिखेल अस्पतालमा पठाइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू