पोखरामा कोरोनाका कारण एक पत्रकारको निधन

पोखरामा कोरोनाका कारण एक पत्रकारको निधन

पोखराको पुरानो गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार गणेश पौडेलको आज बिहान सबेरै गण्डकी मेडिकल कलेजमा निधन भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३३ का कार्यवाहक वडाध्यक्ष दीपक लामिछानेका अनुसार, ४२ वर्षीय पौडेलमा २० वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोभिडका कारण स्वास्थ्यमा समस्या आएपछि उनी ९ दिनदेखि उक्त अस्पतालमा उपचाररत थिए ।

टिप्पणीहरू