१२ घण्टामा १२ जनाको मृत्यु

१२ घण्टामा १२ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण र मृत्युदर तीव्र गतिसंग बढेर हटस्पट बनेको रुपन्देहीमा १२ घन्टाको अन्तरमा १२ जना संक्रमितको मृत्यु भएको छ ।

आज बुटवलस्थित कोरोना विशेष अस्पतालमा ६ जना र भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस) मा ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार आज बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ पुरुषको मृत्यु भएको छ ।

भैरहवास्थित युनिसर्भसल मेडिकल कलेज भैरहवामा पनि ३ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले जानकारी दिए ।

योसंगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १७ पुुगेको छ । रुपन्देहीमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार ३ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

टिप्पणीहरू