गृहमन्त्री बादलको पद गयाे

गृहमन्त्री बादलको पद गयाे

गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको पद भर्खरै गएको छ ।संसद सचिवालयले सूचना पाटीमा सूचना टाँसेपछि बादलको सांसद पद गएको हो ।यसअघि नेकपा माओवादी केन्द्रले दल बदल गरेर थापा एमालेमा प्रवेश गरेको निवेदन राष्ट्रिय सभामा पेश गरेको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष मुलुक बाहिर रहेको र प्रशासनिक प्रक्रिया पुर्याउन केही दिन लागेकोले उनको सांसद पद खुस्किएको सूचना संसद सचिवालयको सूचना पाटीमा भर्खरै टाँसिएको हो ।अब यससम्बन्धी सूचना राजपत्रमा निस्कन बाँकी छ ।

सांसदसँगै उनी मन्त्रीको जिम्मेवारीबाट पनि मुक्त भएका छन् ।तर,आजै साँझसम्ममा उनलाई पुनः मन्त्रीमा नियुक्त गरिने तयारी गरिएको बताइएको छ ।सांसद नभएको कुनैपनि व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउन सकिन्छ । थापा त्यहि व्यवस्थाबमोजिम पुनः मन्त्री बन्न लागेका हुन् ।

Badal bigyapti

टिप्पणीहरू