नेदरल्यान्ड्सको सुस्त शुरुआत

नेदरल्यान्ड्सको सुस्त शुरुआत

त्रिकोणात्मक टि–ट्वान्टी सिरिजको उद्धघाटन खेलमा अहिले चिरप्रतिद्धन्दी नेपाल र नेदरल्याण्ड प्रतिस्पर्धा गरिरहेका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेदरल्यान्ड्सले सुस्त सुरुवात गरेको छ । छ ओभरको खेल सकिँदा नेदरल्याण्डले २३ रन बनाएर २ विकेट गुमाइसकेको छ ।

नेपालका लागि पहिलो विकेट लेगस्पिनर सन्दीप लामिछाने लिएका थिए भने देस्रो सफलता अलराउण्डर सोमपाल कामीले दिलाए ।

दोस्रो ओभर बलिङ गर्न आएका लामिछानेले नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डोवडलाई एलबिडब्लु धरापमा पारेका थिए । दुई ओभर बलिङ गरेका लामिछानेले १३ रन दिँदै १ विकेट लिए ।

त्यस्तै, तीन ओभर बलिङ गरेका कामीले ९ रन खर्चिंदै एक विकेट लिए । किफायती बलिङ गरेका अर्का अलराउण्डर करण केसीले एक ओभरमा मात्र एक रन दिएका छन् ।

अहिले सातौँ ओभरको खेल चलिरहेको छ ।

टिप्पणीहरू