राप्रपाले पनि आजै घोषणा गर्यो

राप्रपाले पनि आजै घोषणा गर्यो

राप्रपाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को अधिवेशनबाट क्षेत्रीय समितिको घोषणा गरेको छ ।

काठमाडौं कलंकीस्थित युनिक पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले जीतबहादुर लामाको अध्यक्षतामा १४ सदस्यीय समितिको घोषणा गरेको हो ।

समितिका सदस्यहरुमा अमरगोपाल श्रेष्ठ,लक्ष्मी श्रेष्ठ, रामहरिप्रसाद भट्टराई,गोमा बिडारी, रितु थापा,विकास श्रेष्ठ,लिवेन तुलाधर,देवी भण्डारी,रमेश भट्टराई, मखमली खड्का,मुरारी कार्की, बलराम खड्का,रामराजा पन्त,गंगा दवाडी रहेका छन् ।

पूर्वमन्त्री विक्रमबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनमा केन्द्रीय सदस्य ज्ञानेश्वर उपाध्यायलगायतको उपस्थिति थियो ।

टिप्पणीहरू