कोरोनाबाट आज ५ जनाको ज्यान गयो

कोरोनाबाट आज ५ जनाको ज्यान गयो

पछिल्लो २४ घन्टामा मात्रै कोरोनाबाट ५ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमितको संख्या लगातार बढिरहेका बेला पछिल्लो २४ घण्टामा थप ५ सय १६ जनामा संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ६० जना र ८ सय १७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको छ ।

आज संक्रमणमुक्त हुनेको संख्या १ सय ५३ रहेको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू