मोबाइल चार्ज गर्दा ज्यानै चट

मोबाइल चार्ज गर्दा ज्यानै चट

उदयपुरमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ ।

हिजो बेलुका साढे ५ बजे मोवाईल चार्ज गर्ने क्रममा कटारी नगरपालिका–४ सिम्लेकी ३९ वर्षीया मनकुमारी मगरको करेन्ट लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सोमबार बेलुका साढे ५ बजे घरमा मोवाईल चार्ज गर्ने क्रममा दनुवारलाई करेन्ट लागकाे थियो । करेन्टले घाईते भएकी उनलाई उपचारको लागी शान्ति हेल्थकेयर केन्द्र मिर्चैया सिरहा लगिएकोमा उपचार सुरू नहुँदै उनको मृत्यु भएको हो

ईलाका प्रहरी कार्यालय कटारीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

टिप्पणीहरू