बालिकामाथि फेरि बलात्कार,आज विद्यार्थीको जुलुश

बालिकामाथि फेरि बलात्कार,आज विद्यार्थीको जुलुश

मुगुको सोरु गाउँपालिका–८ स्थित बालज्योति प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत ९ वर्षीया बालिका लक्ष्मी चौलागाईंको बलात्कारपछि हत्या गरिएको बिरोधमा नेविसंघले आज बिहानै र्याली निकालेको छ ।

अवोध बालिकामाथि बलात्कार र पाशविक तवरले गरिएको हत्याको बिरोधमा जडिबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसको नेपाल विद्यार्थी संघ,इकाइ कमिटीले निन्दा र भत्सर्नासहित विरोध जुलुश निकालेको हो ।

कमिटी सभापति मौसम गुरुङ र उपसभापति सञ्जय बुढाथोकीको नेतृत्वमा निस्केको झण्डै एक सय जनाको जुलुशले घटनामा संलग्न दोषीलाई पक्राउ गरी हदसम्मको कारबाही गर्न माग गरेको थियो ।

हत्यारालाई कारबाही गर,हत्या हिंसा बन्द गर,बलात्कारीलाई फाँसी दे,पीडितलाई न्याय दे भन्ने नारा लगाएको जुलुश जडिबुटीबाट कोटेश्वरसम्म पुगेको थियो ।

टिप्पणीहरू