ललितपुर मेयर्स कपमा ललितपुर मेयर्स–११ को दोस्रो जित

ललितपुर मेयर्स कपमा ललितपुर मेयर्स–११ को दोस्रो जित

ललितपुर मेयर्स कपमा ललितपुर मेयर्स–११ ले आफ्नो दोस्रो जित दर्ता गरेको छ । प्रदेश नम्बर १ लाई ४० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स महिला च्याम्पियनशीपमा दोस्रो जित दर्ता गरेको हो ।

पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग ३७ रनले पराजित भएको थियो । जितपछि सुदूरपश्चिम अंकतालिकाको दोस्रो स्थानमा उक्लँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

त्रिभुवन .विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर १ ले १८ ओभर ५ बलमा ८९ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो ।

टिप्पणीहरू