चलचित्र क्षेत्र खोल्न निर्माता संघको माग

चलचित्र क्षेत्र खोल्न निर्माता संघको माग

चलचित्र निर्माता संघले कोरोनाका कारण बन्द चलचित्र क्षेत्र खोल्न दिनुपर्ने माग गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गर्नुभएको हो ।

कोरोनाका कारण लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन् । बन्दका कारण चलचित्र छायांकन प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको संघले जनाएको छ ।

चलचित्र क्षेत्र सञ्चालनका लागि सरकारले व्यवस्था मिलाउनुपर्ने संघको भनाई छ । अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटिएको तर अहिले सम्म कुनैपनि फाइदा लिन नसकेको बताउनुभयो ।

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थमन्त्रालयमा समेत गराइसकेको उहाँले बताउनुभयो । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताउनुभयो ।

चलचित्र क्षेत्रले मनोरञ्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको भन्दै तत्काल खोल्न संघको माग छ ।

टिप्पणीहरू