स्वास्थ्य मन्त्री फेरि समस्यामा

स्वास्थ्य मन्त्री फेरि समस्यामा

तीन हप्ताअघि छोरोलाई कोरोना पोजिटिभ भएपछि पाँच दिन होम क्वारेण्टिनमा बसेका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल फेरि आइसोलेसनमा बसेका छन् ।

०५७ साल देखि आफूसँगै रहनुभएकी बिरामी दिदीलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि ढकाल पुनः क्वारिण्टिनमा बसेका हुन् । अर्बुद रोगद्वारा सताइएर तीनचोटिसम्म अपरेसन गराइसकेकी दिदी फलोअपको लागि जाने क्रममा स्वाब परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएको थियो ।

स्रोतका अनुसार ढकाल कम्तिमा अब फेरि पाँच दिन क्वारेण्टिनमा बस्नेछन् । यसअघि छोरालाई १० दिनमा कोरोना सङ्क्रमण निको भएको रिपोर्ट आएको थियो ।

टिप्पणीहरू