को हुन् मलमा ती नयाँ कोइराला ?

को हुन् मलमा ती नयाँ कोइराला ?

ठेकेदारले बेलैमा मल नल्याएपछि असार, साउनको रोपाइँ र सोलगत्तै हाहाकार मच्चिनमा दोषी दुईवटा कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले हालै कारबाही गरे तापनि तिनले तत्कालका निम्ति अदालतको साथ पाएका छन् । ललितपुरको शैलुङ्ग इन्टरप्राइजेज र काठमाडौंको होनिको मल्टिपल प्रालिले ५० हजार मेट्रिक टन युरिया मल एक दाना पनि नल्याएका हुन् । कारबाहीस्वरूप जमानत रकम जफत गरी उनीहरूलाई कालो सूचीमा राखिएको छ ।

अब छिट्टै ढुवानी प्रक्रिया शुरु गरेर बङ्गलादेशबाट मल ल्याउने क्रम शुरु हुने बताइएको छ । हुनतः अहिले पनि कलकत्तामा थुप्रिएको १० हजार मेट्रिक टन युरिया मल ल्याउनै बाँकी छ । केही दिनदेखि साताको एकाध पटक कलकत्ताबाट ल्याइएको २५ सय मेट्रिक टन मल नै अहिले बाँडिएको हो ।

आगामी दुई साताभित्र थप २० हजार मेट्रिक टन मल नेपाल आइपुग्ने पनि कृषि मन्त्रालय स्रोतले बताएको छ । त्यसपछि बङ्गलादेशसँग पैँचो मागिएको ५० हजार मेट्रिक टन मल आएपछि तत्कालको लागि युरिया मलको समस्या समाधान हुने बताइन्छ।

उता, डीएपी मलको आवश्यकता र मौज्दातको सम्बन्धमा आवश्यक गृहकार्य थालिएको छ । हालै २० हजार मेट्रिक टन डीएपी मल ल्याउने भन्दै एकजना नयाँ ठेकेदारले निवेदन पेश गरेका छन् । मुक्तिनाथ विकास बैंकसँग व्यावसायिक सम्बन्ध जोडिएका कोइराला थरका व्यक्तिले डिएपी ल्याउन लागेको बताइन्छ ।

टिप्पणीहरू