किन पुर्‍याइयो बैठक १८ गते ?

किन पुर्‍याइयो बैठक १८ गते ?

आजको निम्ति निर्धारित सचिवालय बैठक नेकपाका दुई अध्यक्षको बालुवाटारमा भेटसङ्गै अचानक हिजो दिउँसो स्थगित गरिएको छ । गृहमन्त्री र रक्षामन्त्री कोरोना संक्रमण पुष्टि भएका एकजना कर्मचारीको कारण सेल्फ क्वारिण्टिनमा बस्नुपर्ने भएकाले सचिवालय बैठक सारिएको तर्क दिइएको छ ।

तर, स्रोत भने प्रधानमन्त्रीको चाहनाबमोजिम अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने योजनाअन्तर्गत बैठक पर सारिएको बताउँछ । सांसद नभएको अवस्थामा बढीमा ६ महिनासम्म मन्त्री बन्न पाइने संवैधानिक व्यवस्थाअनुसार खतिवडाको म्याद यही २० गते सकिँदैछ ।

१८ गते बोलाइएको सचिवालयको बैठक एक दिन लम्बिएको अवस्थामा त्यहिँबाट राष्ट्रिय सभामा मनोनित गर्ने सांसदको कोटामा पुनः खतिवडालाई नै सिफारिश गरिनेछ । साथै, आवश्यक निर्णयको लागि त्यही दिन मन्त्रीपरिषद्को सिफारिश शीतल निवासमा पुर्‍याई उनैलाई अर्थमन्त्रीमा निरन्तरता दिने रणनीतिमा बैठक आगामी बिहीबार पुुर्‍याइएको हुनसक्छ ।

टिप्पणीहरू