कमरेडको आदर्श स्खलित भएको त्यो दिन

कमरेडको आदर्श स्खलित भएको त्यो दिन

पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर राजनीति छोेडेर यतिबेला दाङ्गमा कृषि कर्ममा व्यस्त छन् । सुरुमा कालो धानका खेती गरेका उनी अचेल बारीमा अथक मेहनत गरेर फलाएको ड्रागन फ्रुटको बजारीकरण गरिरहेका छन् । सशस्त्र जनयुद्धबाट खारिएर संसद छिरेका खाँटि कम्युनिष्ट बिष्टले तत्कालिन पार्टि माओबादी र नेतृत्वप्रतिको आदर्श त्यागेर किन कृषि तर्फ जोडिए त ? उनले हालै एउटा खुलाशा गरेका छन् ।

माओबादी शान्ति प्रक्रियामा आएको तीन बर्षजति भएको थियो । एकदिन पोखरा स्थित बिमानस्थलको भिआईपी कक्षमा आफ्ना नेता प्रचण्ड र बाबुरामको साथमा थिए लोकेन्द्र । उनले लगाएका थिए, पुरानो लुगाको साथमा थोत्रो जकेट । उनले सिकेका थिए, सरल तथा सादा जीवनशैली । तकडभडक र सुकिलो मुकिलो भएर भन्दा विचार उच्च राखेर अघि बढ्ने आफ्नै नेताहरुको आदर्शवान वचन प्रति पक्का भएका थिए उनी । तर, त्यसदिन बिमानस्थलको भिआईपि कक्षमा आफूले आदर्श मान्दै आएका उनै नेताबाट उनको पहिरनमा कर्के लगाउँदै लज्जाबोध बनाईयो । लोकेन्द्र भन्छन्, ‘आर्थिक मितव्ययीता, सादा जीवन उच्च विचार, कडा परिश्रम …. हाम्रा आदर्श थिए । बिमानस्थलमा मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरुलाई लज्जाबोध भएछ क्यारे, मुन्टो निहुराएर कुरा गर्नुभयो ।’

दशबर्षे जनयुद्धको अगुवाई गरेका, माओबादको यात्राका अगुवा उनैले लोकेन्द्रलाई लाजको बिषय बनाईरहँदा उनले सुनिरहे मात्रै । त्यसबेला लोकेन्द्रले नसुनेझै त गरे, तर उनलाई असह्य भएर आयो । आफूसँग गोजिमा सुको नभएको बेला पहिरनकै कारण आफ्ना नेताबाट पाएको यस्तो प्रतिक्रियाले बढो नमज्जा लागेको प्रतिक्रिया उनले दिएका छन् ।

जनयुद्धमा उनी जनमुक्ति सेनाको कमिसारको जिम्मेवारीमा थिए । पार्टिको आदर्श र नीति भन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो उनीलाई । त्यहि स्कुलिङ्गबाट जनयुद्ध हाँकेका थिए, हजारौ कार्यकर्ता बटुलेका थिए । उनी भन्छन्, ‘ आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाप गरी खिसिटिउरी गरेको सुनेर, भागेर भनन……..चक्कर आयो, जसोतसो सम्हालिएर बसे, अडेस लाएर । उनले चलाउँदै आएको सामाजिक सञ्जाल फेसबुकमा उक्त घटना र आफ्नो आदर्श स्खलित भएको जनाउँदै उनले लेखेका छन्, ‘यस्ता चक्कर र घनचक्कर हजारौ भोगियो, अनि लाग्यो मेरो पार्टि र आदर्श त उहिल्यै सक्किएछ ।’ आफूलाई थत् उल्लु मोरा भन्दै आफैलाई सरापेर राजनीतिबाट स्वेच्छिक अवकाश लिएको कुरा उनले जनाएका छन् ।

उनी अहिले दांगको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको तीन बिगाहा ६ कठ्ठा जमिनमा ड्रागन फ्रुटको खेती गरिरहेका छन् । मुलुकमा परिवर्तन ल्याउन लामो समय राजनीतिमा लागेका उनी अब राजनीतिमा नफर्कने र कृषिबाटै क्रान्ति गर्ने बताउँदै आएका छन् ।
यति मात्र हैन, माओबादी आन्दोलनको बैचारिक नेता मानिने हेमन्तप्रकाश ओली पनि माओबादी पार्टिभित्र विचारको ह्रास र हैकमबादको संरक्षण रहेको भन्दै पार्टिबाट अलग्गिएका हुन् । दुबै जनाको गृह जिल्ला रुकुम । खास गरेर रुकुमका अर्का नेता जनार्दन शर्मासँगको टक्करबाजिका कारण उनीहरु पछाडि पारिएपछि आफ्नो स्थान नदेखेर उनीहरु पार्टिबाट पछि हटेको बताईन्छ । जनार्दनले प्रचण्डको आडमा पार्टि भित्र हैकमबादी शैली देखाएर, नेतृत्वलाई तर्साउने, आफु अनुकुल बनाउने जस्ता कार्य गरेको आरोप उनीहरुले लगाउदै आएका छन् ।

टिप्पणीहरू