इन्भेष्टमेण्टमा ज्योतिको निरन्तरता

इन्भेष्टमेण्टमा ज्योतिको निरन्तरता

नेपाल इन्भेष्टमेण्ट बैंक सञ्चालक समितिको बैठकले ज्योतिप्रकाश पाण्डेलाई पुनः आगामी चार वर्षको लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पाण्डेको इन्भेष्टमेण्ट बैंकको सीईओमा अब तेस्रो कार्यकाल शुरू हुनेछ ।

विगतमा नेपाल इण्डोस्वेज बैंक,हिमालयन बैंक हुँदै इन्भेष्टमेण्ट बैंकमा झण्डै दुई दशकअघि छिरेका पाण्डेसँग तीन दशकको बैंकिङ्ग अनुभव छ । सञ्चालक समितिले उनको अनुभव, कुशलता र व्यावसायिकतालाई आधार मान्दै तेस्रो पटक सीईओमा नियुक्त गरेको बताइएको छ ।

पाण्डेको सक्रियता र पहलमा बैंकले डुबिसकेको दुई अर्ब चार करोड रूपैयाँको मुद्दा हालै इटलीको एउटा अदालतमा जितेको थियो । तनहुँ जलविद्युत परियोजनासम्बन्धी मुद्दा बैंकले झण्डै डेढ वर्षमा जितेपछि रकमसमेत प्राप्त गरिसकेको छ ।

टिप्पणीहरू