हुम्लामा हिमपात, जनजीवन कष्टकर
लगातारको वर्षापछि हुम्लामा पनि हिमपात भएको छ । गएरातिदेखि नाम्खा गाउँपालिकाको लिमीमा लगातार हिउँ परेको हो । आज दिउँसो सदरमुकाम सिमकोट वरिपरिका अग्ला डाँडासमेत सेताम्मे देखिएका छन् ।
लिमी वरिपरी बाक्लो परेको बताइएको छ । बेमौसमको हिउँले बालीनाली नष्ट भएकोमा किसान चिन्तित भएका छन् । अग्ला स्थानमा चराउन लगिएका चौंरी र विभिन्न प्रहरी चौकीमा रहेका सुरक्षाकर्मीलाई समेत हिँडडुल गर्न असहज भएको छ ।
यता, मनाङमा पनि बाक्लो हिमपात भएको छ ।
टिप्पणीहरू