ट्याङ्करको ठक्करबाट पैदलयात्री बिते

ट्याङ्करको ठक्करबाट पैदलयात्री बिते

ललितपुरको हरिसिद्धीमा पानी ट्याङ्करको ठक्करबाट एक जनाको ज्यान गएको छ । गएराति हरिसिद्धि पेट्रोलपम्प नजिकै हात्तीवनबाट गोदावरीतर्फ जाँदै गरेको ना.४.ख.३१२९ नम्बरको ट्याङ्करले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरी वृत सातदोबाटोले जनाएको छ ।

मृतकको अझै सनाखत हुन सकेको छैन ।

टिप्पणीहरू