भत्ताको पैसा छोराको खातामा थुपार्ने खरिदार अख्तियारको फन्दामा

भत्ताको पैसा छोराको खातामा थुपार्ने खरिदार अख्तियारको फन्दामा

सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको आरोपमा स्थानीय तहका एक कर्मचारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा परेको छ । जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्जिकरण शाखा प्रमुख खरिदार राजेन्द्रबहादुर भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो ।

भत्ता रकम लाभग्राहीको खातामा जम्मा गर्नुपर्नेमा खरिदार भण्डारीले उल्टै कार्यालयको नामबाट बैंकलाई पत्राचार गरी आफ्नो नाबालक छोराको व्यक्तिगत खातामा जम्मा गरेर सरकारी कोष अनियमिता रहेको अख्तियारको दाबी छ । त्यसैगरी उनले २० लाख ७८ हजार बढी रकम भ्रष्टाचार गरेको पनि आयोगले बताएको छ ।

खरिदार भण्डारीले नागरिकलाई सरकारले दिने सेवाबाट वञ्चित गरी आफ्नो व्यक्तिगत हितमा रकम खर्च गरेको उल्लेख गर्दै अख्तियारले बिगोसहित कैद सजायको माग गर्दै मुद्दा दायर गरेको हो ।

टिप्पणीहरू