झापामा ब्राउन सुगर बोकेका युवक समातिए

झापामा ब्राउन सुगर बोकेका युवक समातिए

झापाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । दमक नगरपालिका–१, सुनौलो टोल बस्ने २१ वर्षीय मनोज कुमाल ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कुमाललाई इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउन सुगर ३० ग्राम फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकका अनुसार उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू