१३ वर्षीय बालकको नहरमा खसेर मृत्यु

१३ वर्षीय बालकको नहरमा खसेर मृत्यु

रुपन्देहीमा नहरमा डुबेर एक बालकको ज्यान गएको छ । पाल्पा रिब्दीकोट गाउँपालिका–३ घर भइ तिलोत्तमा नगरपालिका–१६ बिउली बस्दै आएका १४ वर्षीय सन्देश श्रेष्ठको नहरमा खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

हिजो साँझ नुहाउने क्रममा उनी नहरमा खसेर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।

टिप्पणीहरू